सरकराले भन्यो-वर्क फ्रम होम गर्नू

पेट्रोलियम पदार्थको संकट बढ्दै गएपछि सरकारले घरबाटै काम गर्न कर्मचारीहरुलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम अर्थात वर्क फ्रम होम गर्न आह्वान गरेको हो। वर्क फ्रम होम र विद्युतीय सवारीसाधानमा जोड दिन आफ्ना नागरिकलाई आह्वान गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताइन्। सरकारले यसअघि नै सरकारी कार्यालय र शैक्षिक संस्थानमा दुई दिन सार्वजनिक बिदा दिइसकेको छ भने सवारीसाधनमा पनि जोर बिजोर प्रणाली लागू गर्ने छलफल गरिरहेको छ । पेट्रोलियम पदार्थ खपत कम गर्नका लागि आइतबार सार्वजनिक बिदा, ‘शैक्षिक सत्र वैशाख १५ बाट सुरू, इन्धन कोटाको कटौती गरिसकिएको अवस्था छ आवश्यक परे जोर बिजोर प्रणाली पनि सरकारले लागू गर्नेछ। सरकार जनतासँग वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ,’ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री रावलले भनिन्।यस्तै सरकारले संयमित भएर एकसाथ उभिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *