नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा चिनियाँ राजदूतले खनाललाई चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको तर्फबाट पदभार ग्रहण गरेकोमा शुभकामना सन्देश सुनाएका थिए। त्यस क्रममा उनीहरूबिच नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाउने र आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ।
