पेट्रोलियम पदार्थको खपत घटाउन सरकारले यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा सरकारले यातायातमा जोरबिजोर प्रणाली लागू गर्नेबारे छलफल गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार पछिल्लो समय चुलिँदै गएको इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न विशेष नीतिगत निर्णय लिइएको बताइन् । त्यसक्रममा मन्त्री रावलले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय भएको बताइन् । नेपाल आयल निगमलाई पछिल्लो १५ दिनमा करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भएको छ । इन्धन खपत घटाउन सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएको छ ।
You may also like
-
भोटेकोशी विपत्तिको असर : पर्यटनको मुख्य सिजनमै २० प्रतिशत बुकिङ रद्द
-
कूटनीतिक पहलमार्फत सुस्ता विवाद समाधान गर्न सरकारसँग माग
-
न्यायाधीशलाई महाभियोग लगाइने दाबी तीन संस्थाले कुन आधारमा गरे ?
-
केञ्जोले बोलाउँदै छ तिम्बुङ
-
सरकारका निर्णयले लाभ होइन हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन् : सभापति लामिछाने
