साउथ एसिया ट्रेड फेयर सुरु

काठमाडौंमा साउथ एसिया ट्रेड फेयर सुरु भएको छ । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकैथलोमा ल्याउने उद्देश्यसहित फेयर सुरु भएको हो । फेयर वैशाख २८ गतेसम्म चल्ने आयोजक इन्ट्रोडक्सन ट्रेड शोज नेपाल प्रा।लिले जनाएको छ । फेयरमा भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्स लगायतका देशहरूका १५० भन्दा बढी प्रदर्शकहरू सहभागी छन् । फेयरमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहलकदमी समेत गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
फेयरमा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरूका स्टल राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *