वरिष्ठ न्युरोसर्जन डा.गंगोलको निधन भएको छ

मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा ९२ वर्षका गंगोलको निधन भएको हो । उनले आफ्नो जीवनमा न्युरोसर्जरीका साथै पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीमा ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सुरु गरेका थिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का संस्थापक निर्देशकसमेत रहेका गंगोलले चार दशकसम्म वीर अस्पतालमा सेवा गरेका थिए । उनले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया सम्पन्न गरेका थिए । १९८९ चैतमा काठमाडौंमा जन्मिएका गंगोलले त्रिचन्द्र कलेजबाट बीएस्सी अध्ययन पूरा गरेका थिए । त्यसपछि भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस र बम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरेका थिए । सन् १९६१ मा नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट आफ्नो सेवा यात्रा सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *