रास्वपा सभापति लामिछाने भारत जाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्। सभापति लामिछाने वैशाख अन्त्यतिर भारत जाने तयारीमा रहेको रास्वपाले जनाएको छ ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा जान लागेका हुन् ।
भ्रमणको समय मिलाउन अहिले दुवै पक्ष गृहकार्यमा जुटेका छन् । भ्रमणको मुख्य उद्देश्य दुई देशका सत्तारुढ दलबीच सम्बन्ध विस्तार गर्नु रहेको छ । भारतमा भाजपा र नेपालमा रास्वपा सत्तामा रहेकाले यो भ्रमणलाई महत्वपूर्ण रुपमा लिएको छ।
प्रधानमन्त्री बालो शाहको सम्भावित भारत भ्रमणबारे समेत लामिछानेको भ्रमणका क्रममा छलफल हुन सक्ने जनाइएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नेछन् ।
भाजपा नेतृत्वसँग हुने उच्चस्तरीय भेटघाटमा रास्वपाको विकास कूटनीति, राजनीतिक विचारधारा र दुई देशबीच हुनसक्ने सहकार्यका सम्भावनाबारे छलफल हुनेछ ।
गत फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ बहुमत ल्याएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत् सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई बधाई दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *