बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि

देशभरिका बालबालिकालाई भिटामिन दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ ।सरकारले आइतबार र सोमबार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन लागेको हो । विभागका अनुसार ६ महिनादेखि ५९ महिनाका झण्डै २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । एक वर्षदेखि पाँच वर्षमुनिका झण्डै २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ । त्यसका लागि पालिकाले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा झण्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।भिटामिन ‘ए’ले बालबालिकामा रोग प्र तिरोधात्मक क्षमता र वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अनि जुकाको औषधिले पेटका किरा हटाउने, कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखालाजस्ता समस्याबाट जोगाउने डाक्टरले बताएका छन् । हरेक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *