काठमाडौं नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनका लागि नारा र लोगो तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार यही असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनका लागि लोगो र नारा तय भएको हो ।
परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प‚’ नारा तय गरिएको छ ।
केन्द्रीय महाधिवेशनका लागि ३ असोजबाट वडा अधिवेशन हुँदै हालसम्म नगर अधिवेशनको कार्य सम्पन्न भइसकेको छ ।
१० असोजमा प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कांग्रेसको तयारी छ ।
