पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्डमा ‘एनिमल पास’ बनाइने भएको छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा उक्त सडक खण्डमा जंगली जनावरलाई ओहोरदोहोर गर्न ‘एनिमल पास’ निर्माण गरिन लागिएको हो ।
एनिमल पास झापाको चारआली क्षेत्रमा हात्तीका लागि राजमार्गमा छुट्टै ओभरपास निर्माण थालिएको हो ।
भारतबाट जगंली हात्ती आउने रुट पहिचान गरेर ओभरपास निर्माण थालिएको काँकडभिट्टा लौकही सडक योजना पूर्वी खण्डका इन्जिनियर आश्रय महतले जानकारी दिए । एसियाली मापदण्डको सडक निर्माण थालिएसँगै जंगली जनावरका लागी पनि छुट्टै रुट बनाउन लागिएको हो ।
बायो डाइभरसिटी अध्यायनअनुसार यो मार्ग हात्तीका लागि उपयुक्त देखिएको छ ।
भारतबाट आउने जंगली हात्तीका कारण यो क्षेत्रमा सवारी आवागनलाई अवरोध नहुने गरी रुट निर्माण थालिएको छ । यहाँ १५ मिटर चौडाई र ६ दशमलव ५ मिटर उचाईका २ वटा पुल निर्माण भइरहेको छ । पुल निर्माण भएसँगै हात्तीहरुको निगरानी राख्न सुक्ष्म क्यामेरा समेत जडान गरिने छ ।
You may also like
-
रोड पिक हिमपहिरो तीन नेपाली आरोहीको शव काठमाडौँ ल्याइयो
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
सरकारलाई रास्वपा सांसदको प्रश्न- ‘खाली सिलिन्डर बोकेर कहिलेसम्म लाइनमा बस्नुपर्ने हो ?’
-
सरकारी आदेशको कारण देखाउँदै काठमाडौँ विश्वविद्यालयद्वारा तिब्बतसम्बन्धी आइएटीएस सम्मेलन रद्द नेपाल सरकारको अस्वीकार
