सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेदेखि नै लागू हुनेगरी सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयको समय बिहान ९ देखि ५ बजे बनाउने निर्णय भएको बताए । यसैगरी सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो ।
You may also like
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
