काठमाण्डु रुकुम पश्चिम जिल्लाको सबैभन्दा ठुलो स्यार्पू जलविद्युत आयोजनाबाट बिहीबारदेखि परीक्षण उत्पादन सुरु भएको छ ।
विद्युत उत्पादन परीक्षण सफल भएपछि प्राधिकरणको अनुमतिमा व्यवसायिक उत्पादन थालिने प्रमुख लिमिटेडका कार्यकारी अधिकृत ईन्जिनियर प्रदिप ओलीले जानकारी दिए । ३.३ मेगावाट क्षमताको यस आयोजना बाँफिकोट गाउँपालिका–३ स्थित स्यार्पू तालहुँदै बग्ने तिलिचा खोलामा रहेको छ ।
करिब ६२ करोड लागतमा निर्माण भएको यो हाईड्रोमा संघीय सरकारको अर्थ मन्त्रालयको १ प्रतिशत र रुकुम पश्चिमका ६ वटै स्थानीय तहले ५४ प्रतिशत लगानी गरेका छन् । बाँकी ४५ प्रतिशत भने पब्लिक शेयरका रुपमा लैजाने स्यार्पू पावर कम्पनी लिमिटेडका अध्यक्ष धनविर ओलीले बताए ।
You may also like
-
एमाले केन्द्रीय सदस्यमा १३ जना मनोनीत, वडा र पालिका अधिवेशनको मिति तय
-
तातोपानी र कोराला नाका खोल्न चीनसँग समन्वय भइरहेको छ : परराष्ट्र मन्त्रालय
-
नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
-
विराटनगरमा राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने
-
विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सुधार्न जापानले २ अर्ब ७७ करोड रुपैयाँ दिने
