स्यार्पू जलविद्युत आयोजनाको परिक्षण उत्पादन सुरु

काठमाण्डु रुकुम पश्चिम जिल्लाको सबैभन्दा ठुलो स्यार्पू जलविद्युत आयोजनाबाट बिहीबारदेखि परीक्षण उत्पादन सुरु भएको छ ।
विद्युत उत्पादन परीक्षण सफल भएपछि प्राधिकरणको अनुमतिमा व्यवसायिक उत्पादन थालिने प्रमुख लिमिटेडका कार्यकारी अधिकृत ईन्जिनियर प्रदिप ओलीले जानकारी दिए । ३.३ मेगावाट क्षमताको यस आयोजना बाँफिकोट गाउँपालिका–३ स्थित स्यार्पू तालहुँदै बग्ने तिलिचा खोलामा रहेको छ ।
करिब ६२ करोड लागतमा निर्माण भएको यो हाईड्रोमा संघीय सरकारको अर्थ मन्त्रालयको १ प्रतिशत र रुकुम पश्चिमका ६ वटै स्थानीय तहले ५४ प्रतिशत लगानी गरेका छन् । बाँकी ४५ प्रतिशत भने पब्लिक शेयरका रुपमा लैजाने स्यार्पू पावर कम्पनी लिमिटेडका अध्यक्ष धनविर ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *