भारतको सहयोगमा झापामा पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल बन्ने

नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को आज संयुक्त रूपमा शिलान्यास गरिएको छ।
भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल प्रविधिमार्फत रिमोट थिचेर परियोजनाको शुभारम्भ गरेका थिए।
नेपाल र भारत सरकारबीचको ‘सरकार–सरकार’ (जीटुजी) सम्झौताअन्तर्गत भारत सरकारको शतप्रतिशत अनुदान तथा इन्डियन आयल कर्पोरेसन (आइओसी) को प्राविधिक सहयोगमा यो परियोजना निर्माण हुने परियोजना प्रमुख सुरेन्द्र महतोले बताए।
पाइपलाइन र टर्मिनल निर्माणका लागि करिब १२ अर्ब लागत अनुमान गरिएको छ। द्विपक्षीय सम्झौताअनुसार निर्माण सुरु भएको मितिले ५४ महिना ९साढे चार वर्ष० भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
उनका अनुसार कूल ४९ दशमलव ६ किलोमिटर लम्बाइ रहने यस पाइपलाइनको भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १४ दशमलव छ किलोमिटर खण्ड पर्नेछ।
भारतको सिलिगुडीस्थित आईओसीको टर्मिनलबाट सुरु हुने पाइपलाइन मेची पुल नजिकैबाट नेपाल प्रवेश गरी झापाको मेचीनगर नगरपालिकाको वडा नं ६, १०, ११ हुँदै मेचीनगर–१३, चारआलीस्थित प्रस्तावित टर्मिनलमा पुगेर टुङ्गिनेछ।
द्विपक्षीय सहमतिअनुसार नेपाल आयल निगमले काँकरभिट्टादेखि चारआलीसम्मको पाइपलाइन मार्ग र भण्डारणस्थलको जग्गा व्यवस्थापन गरेको छ। सरकारले विसं २०७४ मै चारआलीमा २३ बिघा तीन कट्ठा १३ धुर जग्गा व्यवस्थापन गरी फिल्ड कार्यालयसमेत सञ्चालनमा ल्याइसकेको परियोजना प्रमुख महतोले जानकारी दिए।
निगमले पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० र जग्गा व्यवस्थापनको प्रारम्भिक काम सम्पन्न गरिसकेकाले अब आईओसीले पाइपलाइन बिछ्याउने र भण्डारण गृह निर्माणको काम चाँडै थाल्ने जनाइएको छ।
पाइपलाइन निर्माणमा आठ इञ्च व्यासको कार्बन स्टिल पाइपलाई जमिनमुनि कम्तीमा एक दशमलव दुई मिटर गहिराइमा गाडिनेछ। सुरक्षा र चुहावट नियन्त्रणका लागि अत्याधुनिक ‘स्काडा’ प्रणाली र फाइबर अप्टिक सेन्सिङ प्रविधि जडान गरिने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *