काठमाडौंमा १६औँ चिनियाँ पर्यटन दिवस मनाइएको छ । नेपाल र चीनबीच पर्यटन तथा हवाई सम्पर्कलाई अझ मजबुत बनाउने उदेश्यले चिनियाँ पर्यटन दिवस मनाइएको छ। चाइना साउदर्न एयरलाइन्स, चीनियाँ राष्ट्रिय पर्यटन कार्यालय (काठमाडौं) तथा चीन साँस्कृतिक केन्द्र नेपालको संयुक्त आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा दिवस मनाइएको हो । दिवसमा अवसरमा आयोजित कार्यक्रममा नेपाल–चीनबीच पर्यटन प्रवर्द्धन, साँस्कृतिक आदान–प्रदान तथा हवाई कनेक्टिभिटी विस्तारका सम्भावनाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा दुबै देशका पर्यटन व्यवसायी, ट्राभल ट्रेड साझेदार, कूटनीतिक नियोगका प्रतिनिधि, हवाई क्षेत्रका अधिकारी तथा सरोकारवालाहरूको सहभागिता थियो । नेपाल आउने पर्यटकमध्ये चिनियाँको हिस्सा दोस्रो ठूलो स्रोत बजारका रूपमा रहेको तथ्यसमेत कार्यक्रममा उल्लेख गरिएको थियो । सहभागीहरूले चीनबाट नेपालमा आउने पर्यटक प्रवाहलाई अझ सहज र दिगो बनाउन हवाई सेवा विस्तार निर्णायक हुने बताएका छन् । कार्यक्रममा नेपाल–चीनबीचको हवाई सम्पर्कले पर्यटन विकासमा प्रत्यक्ष योगदान पुर्याइरहेको उल्लेख गरिएका छ । हाल काठमाडौं चीनका विभिन्न सहरहरू ग्वाङ्झाउ, छेङ्दु, सियानलगायतसँग सिधा उडानमार्फत जोडिएको छ । आयोजकहरूले चीन–नेपाल सहकार्यलाई अझ संस्थागत र प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, हवाई सेवा विस्तार तथा साँस्कृतिक समझदारीलाई दीर्घकालीन रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।
You may also like
-
कूटनीतिक पहलमार्फत सुस्ता विवाद समाधान गर्न सरकारसँग माग
-
न्यायाधीशलाई महाभियोग लगाइने दाबी तीन संस्थाले कुन आधारमा गरे ?
-
केञ्जोले बोलाउँदै छ तिम्बुङ
-
सरकारका निर्णयले लाभ होइन हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन् : सभापति लामिछाने
-
नेपालको वसन्त पर्वतारोहण सिजनका लागि १,१८१ विदेशी पर्वतारोहीले अनुमति प्राप्त गरे
