सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी फर्कने क्रममा दुई जना भारतीय आरोहीको निधन भएको छ । मृत्यु हुनेमा भारतीय नागरिकहरू अरुणकुमार तिवारी र सन्दीप आरे छन् । तिवारीको जेठ ७ गते प्रसिद्ध हिलारी स्टेप नजिकै र आरेको तल ओराल्ने क्रममा क्याम्प–२ मा निधन भएको हो । पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषिराम भण्डारीले दुई भारतीय आरोहीको मृत्यु भएको जानकारी दिए । दुई भारतीय आरोहीको निधनसँगै सन् २०२६ को यस वसन्तकालीन पर्वतारोहण सिजनमा सगरमाथा, लोत्से र मकालुसहितका हिमालहरूमा ज्यान गुमाउने आरोही तथा गाइडहरूको कुल संख्या सात पुगेको छ । यसअघि सगरमाथा क्षेत्रमा दुई नेपाली गाइड र एक उच्च हिमाली कामदार तथा मकालु हिमालमा एक अमेरिकी र एक चेक गणतन्त्रका आरोहीको मृत्यु भएको थियो ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
