रास्वपाले फेरि ‘नीति मन्थन’ कार्यक्रम गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले ‘नीति मन्थन’ कार्यक्रम पुनः सुरु गर्न लागेको छ । पार्टीले विगतमा सञ्चालन गरेको यो कार्यक्रम फेरि गर्न लागेको हो । सभापति रवि लामिछानेको निर्देशन तथा हालै बसेको केन्द्रीय सचिवालय बैठकको छलफलका आधारमा कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको पार्टी प्रवक्ता मनीष झाले जानकारी दिए । रास्वपाले वैशाख २७ गते अपराह्न ३ बजेदेखि ६ बजेसम्म काठमाण्डुको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा ‘नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने जनाएको छ। कार्यक्रममा विपद् व्यवस्थापनसँग सम्बन्धित विज्ञ, सरोकारवाला तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूबीच छलफल हुने रास्वपाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *