पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाँकी समय मौसम सफा रहनेछ, तर देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि अधिकांश बदली रहने र देशका बाँकी पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमानमा उल्लेख छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च, पहाडी तथा हिमाली क्षेत्रमा केही हिमपात हुन सक्छ।
भोलिपल्ट कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। मौसमको स्वास्थ्य, सडक र नागरिक उड्डयनमा आंशिक प्रभाव पर्ने भएकाले, महाशाखाले सम्बन्धित सबैलाई सतर्कता अपनाउन सल्लाह दिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका साथै अन्य प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपात हुन सक्ने पनि उल्लेख गरिएको छ।
You may also like
-
रोड पिक हिमपहिरो तीन नेपाली आरोहीको शव काठमाडौँ ल्याइयो
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
सरकारलाई रास्वपा सांसदको प्रश्न- ‘खाली सिलिन्डर बोकेर कहिलेसम्म लाइनमा बस्नुपर्ने हो ?’
-
सरकारी आदेशको कारण देखाउँदै काठमाडौँ विश्वविद्यालयद्वारा तिब्बतसम्बन्धी आइएटीएस सम्मेलन रद्द नेपाल सरकारको अस्वीकार
