कर्णाली र भेरी करिडोर एमालेको पहिलो प्राथमिकता : सचिव भट्टराई

एजेन्सी: नेकपा (एमाले) का नेता योगेश भट्टराईले कर्णाली करिडोर र भेरी करिडोरलाई एमालेले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।

बिहीबार प्रेस चौतारी सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै भट्टराईले कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकासमा एमाले प्रतिबद्ध रहेको बताए बताएका हुन्।

उनले सुर्खेत विमानस्थलको धावनमार्ग थप गर्न सरकारबाट ३ सय मिटरका लागि बजेट छुट्याउने आश्वासन दिए।

उनले कर्णालीका जलविद्युत् आयोजना, पर्यटन र पूर्वाधार विकासमा नेपाली कांग्रेस र एमालेको जोड रहेको बताए

भट्टराईले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा जोड दिँदै नेपालका डिजिटल प्लेटफर्महरू कानुनअनुसार दर्ता हुनुपर्ने बताए। ‘अन्य देशमा नियम लागू हुन्छ, नेपालमा मात्रै छाडा हुनु हुँदैन। के हाम्रो देश सानो छ भनेर हेपिएको हो ?’ उनले प्रश्न गरे।

एमसीसी सम्झौताअन्तर्गत नेपालले ठूलो रकम खर्च गरिसकेको र काम अगाडि बढिसकेकाले सम्झौता कार्यान्वयनमै रहने उनको भनाइ छ।

नेपालमा राजतन्त्र समाप्त हुनुमा स्वयं राजा ज्ञानेन्द्रकै भूमिका रहेको दाबी गर्दै उनले भने, ‘राजतन्त्रको अन्त्य हामीले गरेको होइन, स्वयं राजाले नै त्यसको आधार तयार गरेका हुन्।’

भट्टराईले पहाडी क्षेत्रहरू बसाइसराइका कारण रित्तिँदै गएकाले समस्या समाधान गर्न रोजगारी सिर्जना गर्नुपर्ने बताए। पहाडमा नै रोजगारीका अवसर सिर्जना गर्न सके मात्रै बसाइसराइको समस्या हल हुन्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *