कांग्रेस १५औँ महाधिवेशन अन्तर्गत वडाअधिवेशन शनिबारदेखि सुरु हुँदै

नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया शनिबारदेखि सुरु हुँदै छ। कांग्रेस विधान अनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन हुन लागेको हो ।
प्रदेश र जिल्ला तहको अधिवेशनबाहेक सबै तहका निर्वाचन असोज १९ गतेभित्र सम्पन्न हुने कांग्रेसले बताएको छ। असोज ७ गते पालिका अधिवेशन, असोज १० गते प्रदेशसभा तथा क्षेत्रीय अधिवेशन अधिवशेन हुनेछ ।
वडा, पालिका तथा क्षेत्रबाट चुनिएर गएका महाधिवेशन प्रतिनिधिले असोज १६ देखि १९ गतेसम्म काठमाण्डुमा हुने केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउनेछन्। प्रदेश र जिल्लाको अधिवशेन भने दशैतिहारपछि गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *