गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ शव निकालिएको छ।
नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्नका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव भेटिएको हो।
ग्यास कटर र रोटरी रेस्क्युको प्रयोग गरी शव बाहिर निकालिएको छ। टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शवजस्तो आकृति देखिएकोले खोजी कार्य भइरहेको नेपाली सेनाले बताएको छ।
