नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै नेकपा एमालेले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्याउन माग गर्दै एमाले काठमाडौं जिल्ला कमिटीले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो।
उनीहरूले सार्वभौम सदनबाट राष्ट्र विरोधी अभिव्यक्ति बन्द गर, राष्ट्रियता हराएको मान्छे मुर्दावाद, नेपालको सीमा रक्षा गर लगायतका नारा लगाएका थिए। साथै उनीहरूले प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै राजीनामाको समेत माग गरेका छन्।
एमालेका नेता आनन्द प्रसाद पोखरेलले नेपालले भारतीय भूमि कतै पनि नमिचेको भन्दै प्रधानमन्त्रीलाई आफ्नै सीमाका बारेमा जानकारी नभएको बताए । उनले प्रधानमन्त्रीले संविधानमा नै उल्लेख नेपालको चुच्चे नक्सालाई नै चुनौती हुने गरि बोलेको उल्लेख गरे ।
उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी दिए ।
You may also like
-
भोटेकोशी विपत्तिको सातौं दिन : खोजी–उद्धार कहाँ पुग्यो, पीडितको अवस्था कस्तो छ ?
-
भोटेकोशी बाढी : डीएनए नमुना दिन शव भेटिएकै ठाउँ पुग्नुपर्दैन
-
नेपालको कठिन अवस्थामा भारतको सहयोग निरन्तर रहन्छ : भारतीय रक्षामन्त्री सिंह
-
अमेरिकाबाट डीएनए परीक्षण किट र फ्रिजर तथा चीनबाट ड्रोन ल्याइँदै
-
अस्ट्रेलियाबाट राहत सामग्री र जनशक्ति आउँदै
