भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेको भव्य स्वागत भएको छ ।
मंगलबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा पुगेर सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नितिन नविनसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ ।
सो क्रममा सभापति लामिछानेले भाजपा कार्यालयको अवलोकन समेत गरेका थिए भने अन्य भाजपा नेतासँग पनि छलफल गरेका छन् । त्यसअघि भाजपा कार्यालय पुग्दा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई भव्य स्वागत गरिएको थियो ।
रास्वपा सभापति लामिछाने भारतीय सत्तारुढ दल भाजपा अध्यक्ष नितिन नवीनको निम्तोमा दिल्ली गएका हुन् ।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ ।
You may also like
-
भोटेकोशी विपत्तिको सातौं दिन : खोजी–उद्धार कहाँ पुग्यो, पीडितको अवस्था कस्तो छ ?
-
भोटेकोशी बाढी : डीएनए नमुना दिन शव भेटिएकै ठाउँ पुग्नुपर्दैन
-
नेपालको कठिन अवस्थामा भारतको सहयोग निरन्तर रहन्छ : भारतीय रक्षामन्त्री सिंह
-
अमेरिकाबाट डीएनए परीक्षण किट र फ्रिजर तथा चीनबाट ड्रोन ल्याइँदै
-
अस्ट्रेलियाबाट राहत सामग्री र जनशक्ति आउँदै
