गृहमन्त्री गुरूङको विषयमा निष्पक्ष छानविन गर्न एमालेको माग

एमालेले विवादित व्यवसायी दीपक भट्टसँग जोडिएका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।
गुरुङ जोडिएको पछिल्लो प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न माग गरेको एमालेले गृहमन्त्रीको राजीनामा मागेको हो।
एमालेले सबै विषयहरूको छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन पनि सरकारलाई आग्रह गरेको हो।
एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एमालेले विधिको शासन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै सार्वजनिक पदाधिकारीसँग सम्बन्धित विषयहरू पारदर्शी, विश्वसनीय र निष्पक्ष ढंगले कानुनी प्रक्रियाअनुसार अनुसन्धान हुनुपर्नेमा जोड दिए । उनले गृहमन्त्री गुरुङसँग सम्बन्धित विषयहरूले केवल आशंका मात्रै नभई विगतका सम्भावित अनियमितता र विसंगतिहरू उजागर गर्न सक्ने संकेत देखिएको उल्लेख गरेका छन् ।
एमालले दण्डहीनताको अन्त्य र पारदर्शी शासन प्रणालीप्रति आफ्नो प्रतिबद्धता कायम रहेको स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *