पार्टी, संसद र सरकारबीच समन्वय गर्न रास्वपाले बनायो समिति

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी, संसद र सरकारबीच समन्वय गर्न पार्टी–संसद–सरकार समन्वय समिति गठन गरेको छ। समितिले नीतिगत एकरूपता, निर्णय प्रक्रियामा पारदर्शिता र कार्यान्वयनमा प्रभावकारिता ल्याउने छ ।
साथै पार्टी, संसद र सरकारबीच समन्वय अभाव हुन नदिन र नीतिगत अस्पष्टता र कार्यान्वयनमा ढिलाइको अन्तर घटाउन यस्तो समिति गठन गरिएको रास्वपाले जनाएको छ ।
पार्टी संगठन, संसदीय दल तथा सरकारमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूबीच नीति निर्माण, निर्णय प्रक्रिया र कार्यान्वयनको तहमा नीतिगत एकरूपता, निरन्तर समन्वय र संस्थागत सुदृढता सुनिश्चित गर्न समिति क्रियाशील हुने पनि रास्वपाले जनाएको छ।
समितिको संयोजकमा महामन्त्री भूप देव शाह छन् । सरिताश्री ज्ञवाली उपसंयोजक र रामकुमार ढुंगाना सदस्य सचिव तोकिएका छन्।
समितिको सदस्यहरूमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदहरूलाई राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *