अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको चौथो महाधिवेशन वैशाख २७ गते हुने भएको छ।
महाधिवेशन काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
समाजका पूर्व अध्यक्षहरू राधेश्याम लेकाली र सन्ध्या पहाडीसहित बसेको कार्यसमितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनमा झण्डै पाँच सय आजीवन सदस्यले भाग लिने छ।
महाअधिवेशनको उद्घाटन सत्र पछि नयाँ कार्यसमितिको लागि निर्वाचन हुनेछ ।
महाअधिवेशनमा स्मारिकाको लोकार्पण, राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार समर्पण लगायत सम्मानको कार्यक्रम रहेको र बन्दसत्रमा आर्थिक प्रतिवेदन र महासचिवको प्रतिवेदन प्रस्तुत गरिने छ।
