यी २५ क्षेत्रमा हड्ताल गर्न निषेध

सरकारले हडताल गर्न नपाउने २५ वटा स्थानको नाम राजपत्रमा प्रकाशित गरेको छ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी हड्ताल निषेधको आदेश जारी गरेको हो ।
सूचना अनुसार डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात, प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ,अस्पताल, औषधी, फोहोरमैला, बैंक, बीमा, विद्युत्, दैनिक उपभोग्य बस्तु राहदानी लगायतका क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ।
सरकारले नागरिकको दैनिक जीवन, सूचना प्रवाह, सार्वजनिक सेवा तथा विपद् व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्धित सेवाहरूलाई निर्बाध सञ्चालन सुनिश्चित गर्न अत्यावश्यक सेवाको सूची निर्धारण गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *