जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ नजिकैबाट सुरु भएको संसारकोट डाँडामा लागेको आगो अझै निभ्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयले लगातारको हावाहुरी र बाक्लो कुहिरोका कारण आगो नियन्त्रण गर्न असम्भव भएको दाबी गरेको छ। आगलागीबाट १७० हेक्टरभन्दा बढी चार सामुदायिक वनमा क्षति पुगेको छ।
डिभिजन वन कार्यालयका अनुसार देउरालीका लेक, भारेखोला, मधुवन र वृन्दावन सामुदायिक वन सबै आगलागीबाट प्रभावित भएका छन्। स्थानीय, नेपाली सेना र सशस्त्र प्रहरी बलले आगो निभाउने प्रयास गरिरहेका छन्।
You may also like
-
एमाले केन्द्रीय सदस्यमा १३ जना मनोनीत, वडा र पालिका अधिवेशनको मिति तय
-
तातोपानी र कोराला नाका खोल्न चीनसँग समन्वय भइरहेको छ : परराष्ट्र मन्त्रालय
-
नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
-
विराटनगरमा राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने
-
विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सुधार्न जापानले २ अर्ब ७७ करोड रुपैयाँ दिने
