ओलीको टिप्पणी–आगो लगाएर पुगेन, सम्पत्ति विवरण ?

एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहको पोको भएको आरोप लगााएका छन् । बुधबार पार्टीको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले सरकार पूर्वाग्रही ढङ्गले अघि बढेको बताए ।
उनले वर्तमान सरकारले नयाँ र सेनाको सम्पत्ति छानबिन नगर्ने नीति लिएको तर आफू र पुराना पार्टीका मान्छेहरुलाई मात्रै फसाउन लागिपरेको पनि बताए ।
उनले सरकारले बनाएके सम्पति छानबिनक अयोगलाई आफूले नमान्ने र बयान पनि नदिने बताउँदै सरकारलाई सकेको गर्न चेतावनी समेत दिए ।
‘अरुले बयान दिएपनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस् । यो राज्य राज्य होइन। यो पूर्वाग्रहको पोको हो,’ उनले भने ।
उनले जलाएर नपुगेर सम्पत्तिको विवरण पनि चाहियो भन्दै सरकारलाई प्रश्न गर्दै भने , ‘मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले ? सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?
‘भदौ २३ गते नै ककसलाई जेल हाल्नुपर्छ भन्दै हिँडेका व्यक्ति गौरीबहादुर कार्की नेतृत्वको आयोलाई हामीले मान्यता नै दिएको छैन,’ उनले भने, ‘जसले पहिल्यै आफ्नो योजना सार्वजनिक गरेको छ, त्यसकै नेतृत्वमा आयोग बनाएर न्याय निरपण हुन्छ ?’
उनले तत्कालीन प्रधामनन्त्री सुशीला कार्कीले मान्छे तोकेर कारबाही गर्नुपर्छ भनेको र सो काम फत्ते गर्न कार्कीकै नेतृत्वमा आयोग बनाइएको दाबी गरे ।
‘सम्माननीय राष्ट्रपतिले बडो जुक्तिले लोकतन्त्र जोगाएँ भन्नुभयो । तर, उहाँ भदौ २३ र २४ गते यता हरेकपटक संविधानविरुद्धका काममा रबर स्ट्याम्प बनिरहनु भएको छ,’ ओलीले भने, ‘अहिले लोकतन्त्र समाप्त पार्न बडो जुक्ति लागिरहेको छ । उहाँ पनि फस्दै हुनुहुन्छ ।’
ओलीले आफूलाई हटाउँदैमा एमाले बलियो नहुने पनि बताए । पार्टीभित्रैबाट नेतृत्व परिवर्तनको रटान लगाइएको भन्दै उनले शीर काटेर टेबलमा राख्दैमा पार्टी बलियो हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे ।
‘शिर काटेर टेबलमा राख्यो भने पार्टी बलियो हुन्छ भनेर भ्रममा परेका छन्’, ओलीले भने, ‘यो बेला चुनौतीको समीक्षा गर्ने कि आत्मभत्र्सना गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *