मधेस प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइराला सम्मिलित इजलासले सिंहविरुद्धको मुद्दामा उनलाई ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १ सय रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ। अदालतले न्यूनतम कैद सजायले नै सजायको उद्देश्य पूरा हुने ठहर गर्दै बिगोअनुसार कैद र जरिवाना तोकेको जनाएको छ।
महोत्तरी–२ बाट निर्वाचित प्रदेशसभा सदस्य रहेका सिंहलाई जेठ ४ गते नै दोषी ठहर गरिएको थियो भने बुधबार सजाय निर्धारण गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगका अनुसार विभिन्न उपभोक्ता समितिहरू गठन गरी ती समितिका खातामा जम्मा भएको रकम सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकाइएको थियो। त्यसपछि उक्त रकम सिंह र उनकी पत्नी सरिता कुमारी सिंहको संयुक्त खातामा जम्मा गराइएको अभियोग लगाइएको थियो।
अदालतले सिंहबाट ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जफत गर्ने आदेश पनि दिएको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१९३० बमोजिम १ लाख ५४ हजार ५ रुपैयाँ क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ।
You may also like
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
-
अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ ?
-
मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित
-
रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
