नागढुंगा सुरुङ निर्माण परियोजनाको लागि जापानले नेपाललाई थप ५.७ अर्ब येन करिब ५.५ अर्ब रुपैयाँ ऋण दिन सहमत भएको छ ।
अर्थ मन्त्रालयमा बुधबार ऋण सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा नेपाल र जापानका अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरुले हस्ताक्षर गरेका हुन् ।
नागढुंगा सुरुङ निर्माण परियोजनाको लागि जापान सरकारले डिसेम्बर २०१६ मा १६.६३६ अर्ब येन नेपाललाई उपलब्ध गराउने गरी सम्झौता भएको थियो । तर, बढ्दो मूल्य र अन्य कारणहरूले गर्दा रकम अभाव भएपछि थप ५.७ अर्ब येन ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।
बुधबार भएको सम्झौतासँगै नागढुंगा सुरुङ निर्माण परियोजनाका लागि जापानले उपलब्ध गराउने कुल ऋण रकम २२.३३६ अर्ब येन पुगेको छ ।
नागढुंगा सुरुङको निर्माण सन् २०१९ मा सुरु भएको थियो ।
‘यो परियोजनाले युवा नेपाली इन्जिनियरहरूलाई उन्नत जापानी सीप हस्तान्तरण गर्ने एक अद्वितीय अवसर प्रदान गरेको छ । यसले भविष्यमा नेपाली जनतालाई पक्कै पनि फाइदा पुर्याउनेछ’ काठमाण्डुस्थित जापानी दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
You may also like
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
-
अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ ?
-
मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित
-
रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
