जेनजी आन्दोलनबाट पदमुक्त भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आपतकालीन अवस्थामा नेपालाी सेनाले सहयोग नगरेको बयान दिएका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको दमन प्रकरणमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले जिल्ला अदालत काठमाडौंमा बयान दिँदै तत्कालीन अवस्थामा सेनाले तत्कालीन सरकारलाई सहयोग नगरेको बयान दिएका हुन् । ओलीले अदालतलाई दिएको बयानमा सेनासँग भदौ २४ गते सहयोग माग्दा अपेक्षित समान्व्य हुन नसकेपछि राजीनामा दिनुपरेको बताएका हुन्।
प्रहरीको हिरासतमा रहेका ओलीले सरकारी वकिलसमक्ष आफ्नो इनकारी बयान दिएका छन् भने सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई भइरहेको छ । उनले आपत्कालीन अवस्थामा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसले जटिल अवस्था सिर्जना भएको बयानमा उल्लेख गरेका छन् ।
ओलीले भनेका छन्–शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा निषेधाज्ञा किन तोडियो र किन यस्तो द्वन्द्व सिर्जना भयो भन्नेबारे छानबिन हुनुपर्छ। घटनाप्रति दुःख व्यक्त गर्छु, तर दोषी उम्किनु हुँदैन। घटनाको सुरुदेखि अन्त्यसम्म संलग्न सबै राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्म माथि निष्पक्ष कारबाही हुनुपर्छ। ओलीले आफ्नो बयानमा राष्ट्रको हितमा बोल्दा र काम गर्दा आफूले विभिन्न स्वार्थ समूहबाट अनावश्यक आरोप खेप्नुपरेको र सत्ताच्युत गराइएको दावी समेत गरेका छन् ।
You may also like
-
रोड पिक हिमपहिरो तीन नेपाली आरोहीको शव काठमाडौँ ल्याइयो
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
सरकारलाई रास्वपा सांसदको प्रश्न- ‘खाली सिलिन्डर बोकेर कहिलेसम्म लाइनमा बस्नुपर्ने हो ?’
-
सरकारी आदेशको कारण देखाउँदै काठमाडौँ विश्वविद्यालयद्वारा तिब्बतसम्बन्धी आइएटीएस सम्मेलन रद्द नेपाल सरकारको अस्वीकार
