नेपाली कांग्रेसले वैशाख ११ गते संसदीय दल नेताको निर्वाचन गर्ने भएको छ । यसका लागि पार्टीले सोमबार चुनावी कार्यतालिका प्रकाशन गरेको छ।
चुनावी कार्यतालिका अनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ।
सोही दिन ४ बजेदेखि ५ बजेसम्म मतदानको समय छ। लगत्तै मतगणना गरिने कार्यतालिका छ।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो।
You may also like
-
एमाले केन्द्रीय सदस्यमा १३ जना मनोनीत, वडा र पालिका अधिवेशनको मिति तय
-
तातोपानी र कोराला नाका खोल्न चीनसँग समन्वय भइरहेको छ : परराष्ट्र मन्त्रालय
-
नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
-
विराटनगरमा राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने
-
विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सुधार्न जापानले २ अर्ब ७७ करोड रुपैयाँ दिने
