सबैलाई मिलाएर लैजान्छु ः कांग्रेस सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद समाधान ग।ी सबैलाई मिलाएर लैजाने बताएका छन् ।
बागमतीको चुनावी समीक्षामा सोमबार हेटौंडामा बोल्दै सभापति थापाले पार्टी भित्र सबैलाई मिलाउने जिम्मेवारी आफ्नो भएको बताए ।
उनले पार्टीमा वृहत्तर एकताका लागि नेताहरुसँग संवाद पनि हुने बताए । पार्टीभित्र बस्दै आएका हामीहरु मात्रै मिलेर हुँदैन । ‘पार्टीलाई वर्षौदेखि समर्थन गर्दै आउनुभएको ठूलो पङ्ति छ,’ थापाले भने, ‘सदस्यभन्दा बाहिर हाम्रो लाखौं समर्थक हुनुहुन्छ । हामीलाई यसपटक भोट हाल्नु भएन । किनरु त्यो खोजौं भन्ने मेरो कुरा हो ।’ पार्टी भन्दा बाहिर रहेका शुभेच्छुक र समर्थकलाई पनि पार्टीमा जोड्नुपर्ने छ ।’
सभापति थापाले पार्टीमा संरचनामा व्यापक परिवर्तन आवश्यक रहेको पनि उल्लेख गरे । पार्टीभित्र अब विवादको अध्याय अन्त्य भएको दाबी गर्दै थापाले विशेष महाधिवेशन ठीक थियो भन्ने प्रमाणित भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *