मेयर डंगोललाई कान्सका मेयरले गरे स्वागत

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललाई ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेट समारोहअघि कान्सका मेयर डेभिड लिसनार्डले सिटी हलमा स्वागत गरेका छन् । त्यस अवसरमा भएको द्विपक्षीय भेटवार्तामा चलचित्रका लागि युनेस्कोद्वारा मान्यता प्राप्त दुई क्रियटिभ सिटीबीचको सम्बन्धका विषयमा उनीहरूले चर्चा गरेका छन् ।महानगरपालिकाले मेयर लिसनार्ड र कान्स सहरप्रति आतिथ्य र सहकार्यका लागि आभार व्यक्त गर्दै यहाँबाट सुरु भएका संवादलाई आगामी दिनमा पनि निरन्तरता दिने अपेक्षा गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *