सिलगढ़ीको चम्पासारी क्षेत्रमा दुईवटा वाहन नियन्त्रणमा लिएर आबकारी विभागले व्यापक मात्रामा अवैध मदिरा जफत गरेको छ। घटनामा चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरू हुन् अंकित कुमार महाराज, अनिल कुमार पासवान, राम बाबु पासवान अनि अरविन्द कुमार सिंह। पक्राउ परेकाहरू सबै बिहारका वासिन्दा हुन्। प्राप्त जानकारीअनुसार तस्करीका लागि बन्दाकोपी र फूलकोपीको बोरामा लुकाएर सिक्किमबाट मदिरा दुईवटा गाड़ीमा हालेर बिहारतर्फ लगिरहेको थियो। गोप्य सूचनाका आधारमा आबकारी विभागले चम्पासारी क्षेत्रमा अपरेशन चलाएर दुईवटा गाड़ीलाई नियन्त्रणमा लियो। जाँच गर्दा गाड़ीबाट 72 कार्टुन मदिरा फेला पर्यो । ती 72 कार्टुनमा जम्मा 648 लिटर अवैध मदिरा रहेको थियो। आबकारी विभाग सूत्रअनुसार, फेला पारिएको मदिराको अनुमानित बजार मूल्य 16 लाख रुपियाँ छ। पक्राउ परेका चारजनालाई आज सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरिएको छ। आबकारी विभागले घटनाको विस्तृत जाँच गरिरहेको छ।
