काठमाडौं बन्यो विश्वकै दोस्रो प्रदूषित शहर

विश्वकै दोस्रो प्रदूषित शहरमा काठमाडौँ सूचीकृत भएको छ । बिहीबार काठमाडौंको वायु गुणस्तर सूचकांक एक्युआई २११ पुगेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरले जनाएको छ।
यसअघि काठमाडौंँको वायु गुणस्तर सूचक एक्युआई २४७ सम्म पुगेको थियो। एक्युआई २०१ देखि ३०० पुग्नुलाई निकै अस्वस्थ मानिन्छ। प्रदूषित शहरको पहिलो स्थानमा पाकिस्तानको लाहोर छ। लाहोरमा वायु गुणस्तर सूचक एक्युआई २४७ छ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ। ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *