नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। उनलाई भाग्दै गर्दा सिन्धुलीबाट पक्राउ गरिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का अनसार दूरसञ्चार कम्पनी स्मार्ट टेलिकम प्रालिको सम्पत्ति गैरकानुनी रूपले लिलाम गरेको र यसरी सम्पत्ति बिक्रीबाट आएको रकममध्ये ४० करोड रूपैयाँ बराबरको घरबहाल कर र विद्युत महसुल नबुझाएकाले ठगी तथा आपराधिक विश्वसघातको कसुरमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले थाहाखबरलाई जानकारी दिए।
सुरुमा ग्रामीण दूरसञ्चारको लाइसेन्स लिएको स्मार्ट टेलिकमले २ वैशाख २०७० मा १० वर्षका लागि आधारभूत टेलिफोन सेवा सञ्चालन लाइसेन्स पाएको थियो।
त्यसबीचमा उसले सरकारलाई बुझाउनुपर्ने रोयल्टी समयमा नबुझाएका कारण २०८० वैशाख २ मा उसको लाइसेन्स स्वतस् खारेज भएको थियो। तर उसले एनआईएमबीबाट लिएको ४ अर्ब ६० करोड ऋण भने तिरेको थिएन।
