सशस्त्र सीमा बल, खोप्रेलको आठौँ वाहिनीको नयाँ स्थान परिसरमा सीमान्त मुख्यालय सशस्त्र सीमा बल, सिलगढ़ीका महानिरीक्षक सुधीर कुमार, उप-महानिरीक्षक ए के सी सिंह, उप-महानिरीक्षक (मेडिकल) त्रिलोक चन्दले निरीक्षण गरेका छन्। बलको उच्च परम्परालाई प्रदर्शन गर्दै महानिरीक्षको आगमनमा औपचारिक गार्ड अव् अनर दिइयो। तिनले सम्पूर्ण जवानहरूको कल्याणका लागि बुद्ध पूर्णिमाको पवित्र अवसरमा गायत्री परिवारद्वारा आयोजित पूजा र हवन कार्यक्रममा भाग पनि लिएका एसएसबीले जानकारी दिएको छ। यो अवधि महानिरीक्षकले आठौँ बटालियनको सैनिक सम्मेलनलाई सम्बोधन गरे साथै अधिकारीहरू र जवानहरूसित अन्तरक्रिया गरे। आफ्नो सम्बोधनको क्रममा तिनले जवानहरूको समर्पण र सेवाको प्रशंसा गरे। सोही अवसरमा वृक्षारोपण अभियानअन्तर्गत एक रूख आमाको नाममा नारासहित वृक्षारोपण गरियो।
