नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ५ महिना लामो विदेश बसाइपछि स्वदेश फर्किएका छन् ।
उपचारका क्रममा लामो समय विदेशमा रहेका देउवा बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थल पुगेका छन् ।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि देउवा १३ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए। उपचारकै क्रममा उनी सिंगापुर हुँदै हङकङ पुगेका थिए ।
देउवा स्वदेश फर्किएपछि कांग्रेसको आन्तरिक राजनीतिमा उनले सक्रियता बढाउने संस्थापन इतर नेताहरुले. बताएका छन् ।
यसअघि देउवा रातिको उडानबाट नेपाल फर्किने तय भए पनि उनलाई स्वागत गर्न नेता–कार्यकर्तालाई सहज हुने गरी दिउँसोको उडानमा समय परिवर्तन गरिएको थियो ।
You may also like
-
कोशी सरकारबाट बाहिरिँदै कांग्रेस, मन्त्रीहरूको राजीनामा आजै
-
रोड पिक हिमपहिरो तीन नेपाली आरोहीको शव काठमाडौँ ल्याइयो
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
सरकारलाई रास्वपा सांसदको प्रश्न- ‘खाली सिलिन्डर बोकेर कहिलेसम्म लाइनमा बस्नुपर्ने हो ?’
