शुक्रवार पिकअप भ्यानको ठक्करले एकजना युवक गम्भीर रूपले घाइते बनेका छन्। नक्सलबारीको किलाराम जोत इलाका यो घटना भएको हो। प्राप्त जानकारीअनुसार आज एकजना युवक पुलनजिक उभिरहेका थिए। त्यतिखेर नक्सलबारीतर्फ आइरहेको एउटा पिकअप भ्यान अनियन्त्रित भएर पुलसित ठोक्किन पुग्दा युवकलाई पनि ठक्कर लाग्यो। त्यसपछि पिकअप भ्यान खेतमा पल्टियो। घटनामा अनिल मल्लिक गम्भीर रूपले घाइते बनेका छन्।
स्थानीय मानिसहरूले तुरुन्तै घाइते अनिल मल्लिकलाई उद्धार गरेर नक्सलबारी अस्पताल पुऱ्याए। त्यहाँबाट तिनलाई उन्नत चिकित्साको निम्ति बाघडुग्राको एउटा निजी अस्पतालमा भर्ना गरिएको छ। जानकारी प्राप्त भएपछि नक्सलबारी पुलिस घटनास्थल पुगेर भ्यान चालकलाई हिरासतमा लिएको छ। पुलिसले दुर्घटनाग्रस्त पिकअप भ्यानलाई आफ्नो कब्जा लिएर घटनाबारे जाँच आरम्भ गरेको छ।