गगन थापाको पक्षमा खुलिन् सुजाता

काठमाडौँ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संस्थापनइतर पक्षले पार्टी सभापतिमा गगन थापालाई स्वीकार गरी अघि बढ्न सुझाव दिएकी छन्।
उनले केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले सभापति थापाले कांग्रेस हाँक्न सक्ने र युवाहरूलाई पनि पार्टीमा जोड्दै लगेको बताइन्।
‘इतर पक्ष जिद्दी र अहंकार गरेर बस्नु भएन, सभापतिलाई स्वीकार्नुपर्छ र एकजुट भएर पार्टीलाई बचाउनुपर्छ,’ उनले भनिन्, ‘हामी सबै जना एकजुट होऔं, पदका लागि पार्टीभित्र यो के के भइरहेको छ। युवाहरूलाई अघि बढाउनुपर्छ, युवाले सक्छन् भन्ने विश्वास लिएर अघि बढ्नुपर्छ।’
आफूकै जस्तो उमेर भएका नेताहरू अभिभावक भएर बस्ने हो भने पार्टी अघि बढ्न सक्ने पनि उनले बताइन्। सबैको मिलेमतोबाट पार्टी एकता हुने पनि उनले बताइन्।
उनी केन्द्रीय समितिमा बोल्दै गर्दा कोइराला परिवारकै दुई नेता शशांक कोइराला र शेखर कोइराला भने संस्थापनइतर पक्षले राखेको राष्ट्रिय भेलामा सहभागी छन्।
सुजाताले गगन थापा नेतृत्वमा रहेको कांग्रेसले राम्रो काम गर्दै अघि बढेको पनि बताएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *