रास्वपाको पहिलो महाधिवेशन असारमा हुने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा प्रथम महाधिवेशन गर्ने भएको छ ।
पार्टीले आगामी असार ७–९ सम्म पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी स्थापना दिवसको अवसरमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति बनाउने निर्णय गरेको छ ।
महाधिवेशनलाई सफल बनाउन रास्वपाले विभिन्न समिति गठन गरेको छ । संयोजनको भूमिका निर्वाह गर्नेगरी सहमहामन्त्री विपिन कुमार आचार्यलाई जिम्मेवारी दिइएको छ ।
‘महाधिवेशनमा करिब २५ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *