संसद्का बजेट अधिवेशन आह्वान

संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा आगामी वैशाख १७ गते बिहीबारका लागि संसद्को अधिवेशन आह्वान गरिएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार बैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१० बमोजिम अधिवेशन आह्वान गरिएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक वैशाख १७ गते दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरबारमा बस्ने गरी तोकिएको छ ।
बजेट अधिवेशनका रूपमा समेत हेरिएको अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त एवं प्राथमिकतामाथि छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *