नेपाली कांग्रेसले वैशाख ११ गते संसदीय दल नेताको निर्वाचन गर्ने भएको छ । यसका लागि पार्टीले सोमबार चुनावी कार्यतालिका प्रकाशन गरेको छ।
चुनावी कार्यतालिका अनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ।
सोही दिन ४ बजेदेखि ५ बजेसम्म मतदानको समय छ। लगत्तै मतगणना गरिने कार्यतालिका छ।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो।
