एजेन्सी: सार्वजनिक कार्यक्रममा विरलै जाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह शुक्रबार तीनकुनेमा आयोजित एक कार्यक्रममा देखा परे । पहिलोपटक आयोजना गरिएको कोटेश्वर महोत्सवमा उनलाई प्रमुख अतिथिको रूपमा निम्त्याइएको थियो ।
तीनकुनेभित्रका जग्गाधनीहरुको सहमति र सरस्वती युथ क्लवको सहकार्यमा यो महोत्सव आयोजना गरिएको हो । कार्यक्रममा बालेनसँगै महानगरकी उपमेयर सुनीता डंगोल पनि विशेष अतिथिको रुपमा उपस्थित भइन् । उनीहरु एकै साथ कार्यक्रमस्थल आइपुगेका थिए ।
मेयर–उपमेयरको आगमनले आयोजकहरु औधि उत्साहित देखिए । उनीहरुलाई आसनग्रहणपश्चात राष्ट्रिय गान बजाइयो । राष्ट्रिय गान सकिनासाथ बालेन भने के कारणले हो आफ्नो आसन छोडेर मञ्चको पछाडिपट्टिको सिटमा गएर बसे । अन्य अतिथिहरुले आग्रह गर्दा पनि उनी अगााडि आएनन्
बालेनको आगमनपछि अन्य वक्ताहरुले आफ्नो भाषण छोट्याएका थिए । उपमेयर डंगोलले आफ्नो मन्तव्य ३ मिनेटभित्र सकिन् । अन्तिममा बालेन बोल्नलाई उभिए । उनले पनि चार मिनेट मात्रै बोले ।
आफ्नो सम्वोधनमा बालेनले कोटेश्वरका व्यवसायीलाई यस महोत्सवमार्फत आफ्नो पृथक विशेषतालाई उजागर गर्न सुझाव दिए । नेपाली उत्पादनको खरिद विक्रीमा जोड दिए । अनि, तीनकुनेको जग्गा अधिग्रहणलाई ‘सरकारले गरेको लुट’ को संज्ञा दिँदे मुआब्जाको लागि दवाव दिन जग्गाधनीलाई आग्रह गरे ।
You may also like
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
-
अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ ?
-
मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित
-
रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
