बितेको राति एसएफ रोड क्षेत्रमा तनाउको स्थिति उत्पन्न भयो। एकजना युवकले ड्युटीमा खटिएका ट्राफिक पुलिसको काममा बाधा पुर्याचउने प्रयास गर्दा त्यस्तो स्थिति सिर्जना भएको हो। युवकको नाम आयुष जजोदिया हो र तिनी खालपाड़ा नेहरू रोडका निवासी रहेको जनाइएको छ। सधैँ जस्तै, हिजो राति एसएफ रोडमा ट्राफिक पुलिसले आफ्नो जिम्मावारी निभाइरहेको थियो र ट्राफिक सम्बन्धी सबै पक्षमाथि ध्यान दिइरहेको थियो। त्यही क्रममा ट्राफिक पुलिसले बाइकमा सवार आयुष जजोदियालाई रोकेर तिनका कागजात जाँच गर्योन। तिनको बीमा फेल पाइयो। त्यसपछि ट्राफिक पुलिसले तिनको चलान काट्यो जसको कारण आयुष जजोदिया क्रोधित बने।
आयुषले पहिले ड्युटीमा खटिएका ट्राफिक पुलिसलाई अपशब्द प्रयोग गरे र तिनको तलबबाट पैसा काट्ने धम्की दिए। यतिमै चित्त नबुझेपछि तिनले ट्राफिक पुलिसलाई जागिरबाट निकाल्ने धम्कीसमेत दिए र पुलिसको काममा बाधा पुर्यातए। घटनास्थलमा भीड़ जम्मा हुँदै जाँदा तनाउको स्थिति बन्यो। घटनाबारे जानकारी पाएपछि थप ट्राफिक पुलिस अधिकारीहरू घटनास्थलमा पुगे। ट्राफिक पुलिसको तर्फबाट पुलिस चौकीमा मुद्दा दर्ता गरियो। आयुष जजोदियालाई पुलिसले पक्राउ गरेर आज सिलगढ़ी न्यायालय प्रस्तुत गर्योु। यस्तो घटना सिलगढ़ीमा पहिलोपटक भने होइन। केही दिनअघि पनि यस्तै एउटा घटनामा एकजना युवकले ट्राफिक पुलिससित झगड़ा गरेका थिए। त्यसपछि पुलिसले तिनलाई पक्राउ गरेको थियो। एकातिर सड़क दुर्घटनाहरू दिनदिनै बढ़िरहेका छन् भने अर्कातिर पुलिसको कठोर कार्वाहीलाई स्वीकार्न जनताले गाह्रो मानिरहेका छन्। अब पुलिसले यस्ता घटनाहरूमाथि कठोर कदम चाल्ने तयारी गरिरहेको छ।