भारतको बिहार राज्यबाट ६ जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ ।
विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका उनीहरुलाई उद्धार गरिएको हो ।
नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सामाजिक संस्था किन इन्डियाको पहलमा उनीहरूको उद्धार गरिएको हो ।
उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इन्डियाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए ।
उद्धार कार्यका लागि खटिएको किन इन्डियाका प्रतिनिधिहरुले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बालबालिकालाई नेपाल ल्याइने बताए ।
उद्धार गरिएका बालबालिकामध्ये चार जना कोशी प्रदेशका छन् । उनीहरूलाई आवश्यक परामर्श तथा संरक्षण व्यवस्थापछि मोरङ लैजाने योजना छ ।
