एजेन्सी: सैनिक पदहरूमा तालिम लिनेहरू अभ्यास गर्न पुग्छन्- बर्मा ब्रिज, रोप ल्याडर, रक क्लाइम्बिङ, ओमेगा लगायतका सीपहरू सिक्न। अरू त अरू, कर्पोरेट अनुहार र स्कुले विद्यार्थीहरू पनि त्यहाँ पुग्ने गर्छन्।
काठमाडौंको तारेभीर क्षेत्रको अल्टिमेट भेन्यु मा यस्ता सबै सुविधा उपलब्ध छन्। बुढानीलकण्ठको ‘देउवा चोक’ भनिने स्थानबाट झण्डै १५ मिनेटको सवारी यात्रामा पुग्न सकिने यो गन्तव्यका एक अगुवा हुन्- सन २००८ मै सगरमाथा आरोहण गर्ने पूजन आचार्य।
आचार्यका पति आदित्य कार्की पनि आरोही हुन्। उनीहरू र साथीहरूको अगुवाइमा १७२५ मिटर उचाइमा अवस्थित यो गन्तव्य पछिल्लो समय काठमाडौं उपत्यकाको सबैभन्दा नजिकको साहसिक पर्यटन गन्तव्य बनेको छ।
एक पटकमा ४०० आगन्तुक अट्ने क्षमता रहेको यो स्थल अहिलेको आकर्षक विकल्प बन्दै गएको छ।
You may also like
-
काठमाडौंमा मनाइयो चिनियाँ पर्यटन दिवस
-
नेपालको वसन्त पर्वतारोहण सिजनका लागि १,१८१ विदेशी पर्वतारोहीले अनुमति प्राप्त गरे
-
आगामी बजेटबारे विशेषज्ञसँग परामर्श गर्न वित्त समिति
-
आईसीसी विश्वकप लिग: यूएसए सबै आउट १९५
-
स्वास्थ्य सेवा कानून सम्मेलनले स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय प्रदान गर्ने कानूनमा जोड दिन्छ
