घर फर्कँदै गर्दा टोटोबाट महिलाको ब्याग छिनताई

घर फर्कँदै गर्दा टोटोबाट नै महिलाको ब्याग छिनताई गरी दुई दुष्कृतिहरूले सुइँकुच्चा ठोकेका छन्। यो घटना सिलगढ़ी संलग्न उत्तरकन्या मोड़ क्षेत्रमा भएको हो। स्थानीय सूत्रअनुसार हिजो राति लगभग 9 बजीतिर सिलगढ़ीबाट दुई महिलाहरू टोटोमा फूलबारीतर्फ घर फर्किरहेका थिए।

त्यसै समयमा उत्तरकन्या मोड़ क्षेत्रमा बाइकमा आएका दुई दुष्कृतिहरूले एउटी महिलाको ब्याग छिनताई गरेर भागे। अचानक महिला चिच्याउन थालिन्। महिलाको चिच्याहट सुनेर स्थानीय केही मानिसहरू दौड़ेर आए। तर त्यति बेलासम्म दुष्कृतिहरू त्यहाँबाट भागिसकेका थिए।

यस विषयमा बसन्ती मण्डलले भनिन्, म सिलगढ़ीमा काम सकेर घर फर्कँदै थिएँ। अचानक बाइकमा आएका दुईजना दुष्टहरूले मेरो ब्याग छिनताई गरेर भागे। ब्यागमा केही नगद राशि, मेरो मोबाइल फोन र केही महत्त्वपूर्ण कागजातहरू थिए। यस घटनाबारे सम्बन्धित पुलिसलाई जानकारी गराइएको छ। पुलिसले यस घटनाको जाँच आरम्भ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *