खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पु¥याउने पाइपलाइनको काम यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । नजिकैको इन्द्रचोक, जनवाहल क्षेत्र, न्यूरोड, आसनलगायत स्थानमा भइरहेको पाइपलाइन निर्माणको कामको निरीक्षण गरी उनले यस्तो निर्देशन दिएका हुन् । उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
गुणस्तर प्रत्याभूति नहुँदा विभिन्न स्थानमा पानी चुहिएको दाबी गर्दै मन्त्री यादवले जतिसक्दो चाँडो पानी चुहावट हुने क्षेत्र सच्याउन निर्देशन दिएका छन् । मन्त्री यादवसँग खानेपानी मन्त्रालयका सचिव प्रमिला देवि शाक्य बज्राचार्य र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पिआइडीका वरिष्ठ अधिकारी पनि सहभागी थिए ।
You may also like
-
भोटेकोशी विपत्तिको असर : पर्यटनको मुख्य सिजनमै २० प्रतिशत बुकिङ रद्द
-
कूटनीतिक पहलमार्फत सुस्ता विवाद समाधान गर्न सरकारसँग माग
-
न्यायाधीशलाई महाभियोग लगाइने दाबी तीन संस्थाले कुन आधारमा गरे ?
-
केञ्जोले बोलाउँदै छ तिम्बुङ
-
सरकारका निर्णयले लाभ होइन हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन् : सभापति लामिछाने
