ब्याग थुत्ने दुई पक्राउ

सिलगढ़ी शहरमा चोर-चक्कार र झपटमारहरूले लगातार लुटपाट गरिरहेका छन्। हेर्दा त प्रायः प्रत्येक दिन सिलगढ़ीको कुनै न कुनै क्षेत्रमा झपटमार तथा चोरीका घटनाहरू घटिरहेका छन्। तर पुलिसले पनि यी घटनाहरूमा लगातार सफलता हात पारिरहेको छ। प्राप्त जानकारीअनुसार कालेबुङ निवासी पासाङमित लेप्चा बेङ्गलुरुबाट सिलगढ़ी आएकी थिइन् र बाघडुग्राबाट प्रधान नगरस्थित आफ्ना साथीको घर जाँदै थिइन्।

त्यसै क्रममा जब तिनी टोटोमा सवार भएर प्रधान नगरस्थित होटलतर्फ जाँदै थिइन् त्यसै बेलामा सिलगढ़ी जङ्क्शन क्षेत्रमा स्कूटीमा आएका दुई युवकहरूले अचानक तिनको ब्याग थुतेर सुइँकुच्चा ठोके। यस घटना सम्बन्धी पीड़ित युवतीले 5 जूनमा सिलगढ़ी मेट्रोपोलिटन पुलिसअन्तर्गत प्रधान नगर थानामा प्राथमिकी दर्ता गराइन्। प्राथमिकीको आधारमा पुलिसले जाँच गर्दै उक्त क्षेत्रको सिसीटीभी फूटेजको सहायताले अन्ततः झपटमारहरूलाई पक्राउ गर्न सफल गऱ्यो। पक्राउ परेका दुवै आरोपी सिलगढ़ी वार्ड नम्बर 47 का वासिन्दा हुन्। एकजना युवकको नाम रत्नदीप सेन रोय र अर्को युवकको नाम सुबोध तामाङ रहेको बताइएको छ।
पुलिस सूत्रअनुसार पुलिसले विभिन्न क्षेत्रमा रहेका सिसीटीभी फूटेजको सहायताले स्कूटीको पहिचान गर्योअ र झपटमारहरूले प्रयोग गरेका स्कूटीको डिक्कीबाट थुप्रै महत्त्वपूर्ण कागजातहरू समेत फेला पार्यो । पक्राउ परेका दुवै आरोपीलाइ पुलिस हिरासतमा लियो। स्कूटीको डिक्कीबाट एयर होस्टेसको पासपोर्ट, परिचयपत्रसहित अन्य महत्त्वपूर्ण कागजातहरू फेला परेका छन्। पुलिसले दुवै आरोपीलाई आज सिलगढ़ी महकुमा न्यायालय प्रस्तुत गर्योर। त्यसै बेला पीड़ित एयर होस्टेसले आफ्ना महत्त्वपूर्ण कागजातहरू फिर्ता पाएपछि पुलिसको प्रशंसा गर्दै भनिन्, मलाई आशा थिएन कि म आफ्नो हराएको सामान फिर्ता पाउँछु। तिनले पुलिसप्रति आभार व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *